राष्ट्रिय स्वाधीनता जोगाउन वामपन्थी दल एक हुनपर्छ : अध्यक्ष वैद्य

राष्ट्रिय स्वाधीनता जोगाउन वामपन्थी दल एक हुनपर्छ : अध्यक्ष वैद्य

  • सोमवार, पुस २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौँ, २७ पुस ।

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले राष्ट्रिय स्वाधीनता जोगाउन सबै वामपन्थी दल एक हुनुपर्ने बताउनुभएको छ ।

आज राजधानीमा झक्तबहादुर श्रेष्ठको चौँथो स्मृति दिवसको अवसरमा भक्तबहादुर स्मृति प्रतिष्ठानले आयोजना गरेको विचारगोष्ठीमा उहाँले गणतन्त्रलाई संस्थागत गर्दै राष्ट्रलाई बचाउन वामपन्थी दलहरु छुट्टिएर नभई एकबद्ध भएर लड्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले भन्नुभयो—‘देशमा अझै उत्पीडनको समस्या छ । त्यसतर्फ काम गर्न बाँकी छ, यो समस्याको अन्त्य गर्न सम्पूर्ण वामपन्थी एकताको खाँचो छ ।’

उहाँले भक्तबहादुर श्रेष्ठ दूरदर्शी वामपन्थी नेता भएको स्मरण गर्दै देशबाट उत्पीडनको अन्त्य गर्न सकेमा उहाँप्रति सच्चा सम्मान हुने बताउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष सिपी गजुरेलले अहिलेको स्थिति जटिल भएको भारतले मधेस आन्दोलनलाई समर्थन गर्न नाकाबन्दी नगरी नेपालमाथि दमन गर्न गरेको आरोप लगाउनुभयो ।

अर्का वक्ता लालुबाबु यादवले जातिगत विवादमा अल्झिएर राष्ट्रिय स्वाधीनता धरापमा पार्न नहुने धारणा राख्नुभयो ।

उहाँले अहिलेको प्रमुख एजेन्डा राष्ट्रलाई बचाउनु भएको बताउँदैँ उहाँले यो मधेसी वा पहाडिया भनी लड्ने समय नभएको विचार राख्नुभयो ।

राष्ट्रिय जागरण नेपाल अभियानका अध्यक्ष डा उपेन्द्र देवकोटाले राष्ट्रियता बचाउन पहिले घरभित्र मिलाप हुनुपर्ने विचार व्यक्त गर्नभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ