इटहरी २७ पुस ।
सुनसरीको इटहरीमा पछिल्लो केही समय एता मोटरसाइकल चोरीका घटना बढन थालेका छन । प्रहरीले इटहरी सुरक्षीत भएको दाबी गर्दै आएपनि श्रिंखलाबद्ध रुपमा इटहरी क्षेत्रमा मोटरसाइकल चोरीका घटना भने बढन थालेको छ ।
सेफर इटहरीको अभियान संञ्चालन गरेको इलाका प्रहरी कार्यालय इटहरीले सुरक्षीत शहर भने अब असुरक्षीत बन्ने देखिएको छ ।
एक हप्ता भित्र ६ वटा मोटरसाइकल चोरी भएपछि इटहरीमा चोरीका घटना बढ्न थालेको हो । घरमा राखिएका मोटरसाइकल रातको समयमा गेट र सटर फोडेर चोरी हुने कार्य अझै पनि जारी छ । मिशन सेफर इटहरीको अभियान संञ्चालन गरेको इटहरी प्रहरीले यस्ता चोरीका घटना नियन्त्रण लिन नसक्दा इटहरीवासी चिन्तित छन ।
इटहरी ८ स्थित भोजपुरे टोलबाट दुई महिना अघि मात्र खरिद गरेको पल्सर २२० सिसिको मोटरसाइकल घरको गेट फोडेर शुक्रबार राती चोरी भएको थियो । मोटरसाइकका धनी सुभास भुजेलका अनुसार घरको फलामे गेट फोडेर लक भएको मोटरसाइकल चोरीएको बताए । रातको समयमा चोरी भएको मोटरसाइकलको बिषयमा इप्रका इटहरीमा निवेदन समेत दिएको भुजेलले बताए ।
इटहरी जस्तो शहरमा चोरीको घटना बढनु प्रहरीको सकृयता कति छ भन्ने उदाहरण भएको भुजेलको भनाई छ ।
सोही दिन इटहरी ८ स्थित पशुपती चौकको सुमनचन्द्र कार्कीको घरमा रहेको को ४ प ७७३८ कालो होण्डा साईनको मोटरसाइकल पनि चोरी भएको थियो । कार्कीको पनि फलामे गेट तोडेर बाईक चोरी भएको हो । कार्कीका अनुसार शुक्रबार रात एउटै समुहले पल्सर र साईन मोटरसाइकल चोरेको हुन सक्ने अनुमान गरे । भुजेलको र कार्कीको घर केही नजिकको फरकमा छ ।