काठमाण्डौ , २७ पुस ।
ललितपुरस्थित अल्का अस्पतालमा २४ बर्षे महिलाको शल्यक्रिया गरि ८ किलो बढीको डिम्बाशयको ट्युमर निकालिएको छ । तन“हु जिल्ला मेर्लुङ गाविस वडा नम्वर ३ की बिनु खड्काको शल्यक्रिया गरि दाया“ डिम्बाशयको ८ दशमलव १ किलोग्रामको ट्युमर निकालिएको हो ।
अल्का अस्पतालकी बरिष्ठ स्त्री तथा प्रशुति रोग बिशेषज्ञ डा. नुतन शर्मा, बरिष्ठ सर्जन डा. संजय पौडेल र डा. प्रिती बज्राचार्य लगायतको टोलीले खड्काको सफल्तापुर्वक शल्यक्रिय गरि ८ दशमलव १ किलोग्रामको ट्युमर निकालेको हो ।
२४बर्षे महिलाको शल्यक्रिया गरि डिम्बाशयको यति ठुलो ट्युमर निकालिएको अल्का अस्पतालकै इतिहासमा पहिलो भएको अध्यक्ष कुमार थापाले बताउनुभयो ।
शल्यक्रियापछि महिलाको अवस्था स्वस्थ रहेको र उनलाई केही दिनमै डिष्चार्ज गरिने अस्पतालले जनाएको छ । स्त्री रोग बिशेषज्ञ डा. शर्माका अनुसार स्त्री रोग समस्या लिएर भर्ना हुने मध्ये करिब ३ प्रतिशतमा डिम्बाशयको ट्युमर हुन सक्छ ।
डिम्बाशयमा ट्युमर पलाउ“दा ग्यास्ट्राइटिसमा हुने जस्तै माथिल्लो पेट दुख्ने, वाकवाकी लाग्ने, बान्ता आउने, खान मन नलाग्ने, छिट्टै पेट भरिएको महसुस हुन लगायतका लक्षणहरु देखिने गर्दछन् ।
विगत ४ बर्षदेखी ट्युमर बढेर पेट दुख्ने, वाक वाक लाग्ने र पेट भारी भएर गाहे महसुस भएपछि बिरामी अस्पताल भर्ना भएकी थिइन । शुरुमा ओभरियन सिष्टको समस्या भएपनि बर्षौदेखी औषधी सेवन गर्ने तर बिशेषज्ञ चिकित्सकको सम्पर्कमा नआउने हुनाले ट्युमर बढेर यस्तो अवस्था आउने गरेको डा. शर्माले बताउनुभयो ।
सामान्यतः यस्तो ट्युमर बढ्दै गए विभिन्न किसिमका शारिरीक समस्या आएर बिरामीको स्वास्थ्य निकै जोखिमपुर्ण अवस्थामा पुग्न सक्ने चिकित्सकहरुको भनाई छ ।
चिकित्सकका अनुसार समयमै यसको परीक्षण गरि शल्यक्रिया मार्फत ट्युमर ननिकालिए डिम्बाशयको जरा बटारिने, रक्तश्राव हुने, सक्रमण हुने र क्यान्सरमा परिणत हुने जस्ता जटिलता आउन सक्छन् ।
