युवा सङ्घद्वारा प्रमुख जिल्ला अधिकारीलाई भ्रष्टाचारको आरोप

युवा सङ्घद्वारा प्रमुख जिल्ला अधिकारीलाई भ्रष्टाचारको आरोप

  • सोमवार, पुस २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

डडेल्धुरा, २७ पुस ।

युवा सङ्घ नेपाल डडेल्धुुराले प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले भ्रष्टाचार गरेको आरोप लगाउँदै निलम्बनको माग गरेको छ । जिल्लामा रहँदा पदीय दायित्वको दुरुपयोग गरी आर्थिक अनियमितता गरेको आरोप लगाउँदै युवा सङ्घले प्रजिअ लुइँटेलको निलम्बनको माग गरेको हो ।

सोमबार बिहान पत्रकार सम्मेलन गरी युवा सङ्घ नेपाल डडेल्धुराका अध्यक्ष भुवन पाठकले प्रजिअ लुइँटेललाई निलम्बन गरी घटनाको यथाशीघ्र उचित छानबिन गर्न सम्बन्धित निकायसँग जोड्दार माग गर्नुभएको छ ।

मुलुक गम्भीर सङ्कटमा फसिरहेको र स्थानीय निकाय जनप्रतिनिधिविहीन भएको अवस्थाको गलत फाइदा उठाउँदै प्रजिअ लुइँटेल भ्रष्टाचारमा लिप्त भएको आरोप युवा सङ्घले लगाएको छ ।

उक्त कार्यालयका स्टोरकिपर छविराज ओझाको नाममा भान्से र स्वकीय सचिवका फर्जी नाममा मासिक ५७ हजार ५५४ रुपैयाँ बुझ्दै आइरहेको स–प्रमाण पुष्टिसमेत गरेको युवा सङ्घले पत्रकार सम्मेलनमार्फत जानकारी गरेको छ ।

त्यसैगरी प्रजिअकै मिलोमतोमा जिल्ला प्रशासन कार्यालयअन्तर्गत फर्निचर खरिद शीर्षकमा फर्निचर खरिद नै नगरी पुरानो फर्निचर मर्मत गरी नयाँ खरिद गरिएको फर्जी बिल भौचर पेस गरी रु तीन लाख रकम हिनामिना गरी भ्रष्टाचार गरेकोसमेत युवा सङ्घ डडेल्धुराले दाबी गरेको छ ।

त्यसैगरी जिल्लाका अन्य कार्यालयमा समेत प्रजिअ लुइँटेलको मिलोमतोमा सार्वजनिक खरिद ऐन विपरीत मनोमानी ढङ्गले आ–आफ्ना निकटका व्यक्तिलाई अनुचित लाभ पु¥याउने उद्देश्यले कोटेसन वितरण गरी व्यापक अनियमितता भइरहेका सूचना युवा सङ्घले प्राप्त गरेको जनाएको छ ।

सम्बद्ध पक्षले कारवाही प्रक्रिया अगाडि नबढाए युवा सङ्घ यस्ता गतिविधिका विरुद्ध कडा सङ्घर्ष गर्न बाध्य हुने जानकारीसमेत प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ