निगमले हवाइ इन्धन लिन ट्यांकर रक्सौल पठाउदै

निगमले हवाइ इन्धन लिन ट्यांकर रक्सौल पठाउदै

  • सोमवार, पुस २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाण्डौ,२७ पौष ।

नेपाल आयल निगमले हवाइ इन्धन लिन केही ट्यांकर रक्सौल पठाउने भएको छ । भारतीय आयल कर्पोरेशन आइओसीले आजदेखी रक्सौल डिपोबाट हवाइ इन्धन दिने बताएपछि ट्यांकर पठाउन लागिएको निगमका प्रबक्ता मुकुन्द्र घिमिरेले जानकारी दिनुभयो।

उहाका अनुसार वीरगञ्ज नाका बाहेक अन्य नाकाबाट लैजान सक्ने गरी आइओसीले हवाइ इन्धन लिन नेपाली ट्यांकरलाई रक्सौल बोलाएको हो । रक्सौलमा लोड हुने हवाइ इन्धन सुनौली नाका हुँदै नेपाल ल्याइने निगमले जनाएको छ ।

आइओसीले पहिलो चरणमा रक्सौलबाट हवाइ इन्धन मात्रै दिन लागेको प्रवक्ता घिमिरेले बताउनु भयो । असोज ६ गतेपछि मधेसी मोर्चाको अवरोधका कारण नेपाललाई सबैभन्दा बढी तेल दिने रक्सौल डिपोले नेपाली ट्यांकरलाई लोड दिएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी