प्रधानमन्त्रीको भ्रमणका लागि विभिन्न मन्त्रालयसँग एजेन्ड माग

प्रधानमन्त्रीको भ्रमणका लागि विभिन्न मन्त्रालयसँग एजेन्ड माग

  • सोमवार, पुस २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाडौं, २७ पुस ।

सरकारले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका लागि विभिन्न मन्त्रालयसँग एजेन्डा माग गरेको छ ।

प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीका अनुसार भारत भ्रमणका क्रममा नेपालले उठाउनुपर्ने विषयसँग सम्बन्धित मुद्दा तयार गरी पठाउन सम्बद्ध मन्त्रालयलाई निर्देशन दिइएको हो ।

सरकारको निर्देशनसँगै अहिले अर्थ र वाणिज्य मन्त्रालयका अधिकारीहरु कुनकुन विषयलाई मुद्दाका रुपमा राख्ने भन्ने निर्णय गर्न व्यस्त छन् ।

अर्थ मन्त्रालयले लामो समयदेखि अलपत्र भन्सारसम्बन्धी केही विषय र भारतले घोषणा गरेको सहयोग रकमको कार्यान्वयनलाई प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा छलफलमा लैजाने तयारी गरेको जनाएको छ ।

ओलीको भ्रमणमा सबैभन्दा ठूलो बहस अहिलेको नाकाबन्दीबारे हुने अनुमान सरकारको छ । यद्यपी भ्रमणको मिति भने तय भइसकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ