काठमाडौँ, २६ पुस ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कुकुरले टोकेर रेबिज विरुद्धको सुई ९एन्टी रेबिज भ्याक्सिन० लगाउने बिरामीको सङ्ख्या बढेको छ ।
बाह्र महिनानै रेबिजको सुई लगाउन आउने बिरामी भए पनि आजभोलि दैनिक दुई सयदेखि तीन सयसम्म बिरामी आउने गरेको अस्पतालको रेकर्ड शाखाको तथ्याङ्क छ ।
रेकर्ड शाखाका मेडिकल रेकर्ड अधिकृत शम्भु खड्काका अनुसार गत वर्ष २३ हजार ४५८ कुकुरले टोकेका बिरामीले रेबिज विरुद्धको भ्याक्सिन लगाएका थिए । यो वर्ष वैशाखदेखि मङ्सिरसम्म १३ हजार नौजना बिरामीले यो भ्याक्सिन लगाएका छन् ।
अस्पतालका ओपिडी शाखाका चिकित्सक डा शेरबहादुर पुनका अनुसार आजभोलि कुकुरले टोकेका कारण सुई लगाउन आउने बिरामी पहिलेको दाँजोमा बढेका छन् । हरेक वर्ष १० देखि १४ जना बिरामीको रेबिजका कारण मृत्यु हुने गरेको छ ।
सरकारले काठमाडौँ बाहेक पाँच विकास क्षेत्रका अञ्चल अस्पतालमा रेबिजको भ्याक्सिन उपलब्ध गराउने गरेको छ ।
जनमानसमा रेबिजविरुद्धको सुई लगाएको कुकुरले टोकेमा सुई लगाउनु पर्दैन भन्ने धारणा रहेको भएपनि चिकित्सकको सल्लाहबिना आफैंले निर्णय नलिन डा पुन सल्लाह दिनुहुन्छ ।
चिकित्सकका अनुसार छाला छेडिएर रक्तश्राव भएमा, आलो घाउ, निको नभएको पुरानो घाउ, आँखा तथा नाकको भित्रीपत्र ९म्युकस मेम्वे्रन० रेबिजको शङ्का गरिएको जनावरको ¥यालबाट सङ्क्रमण भएमा र टोक्ने जनावर मरेमा वा १० दिने अवलोकन अवधिभित्र हराएमा वा त्यसले अस्वाभाविक व्यवहार देखाएमा एन्टिरेबिज भ्याक्सिन दिन जरुरी छ ।
रोग नियन्त्रण महाशाखाले चालु आव २०७२÷७३ मा रु १३ करोड ९८७ लाख बराबरको ६० हजार भ्याक्सिन खरिद गर्ने भएको जुनोसिस अधिकृत सिंहले जानकारी दिनुभयो ।
जथाभावी खोलिएका मासु पसलका कारण सहरमा छाडा कुकुरको पनि सङ्ख्या बढेर यो रोगको सङ्क्रमण बढेको उहाँ बताउनुहुन्छ ।