काठमाण्डौ,२६ पौष ।
नेपाल आयल निगमको ४६आँै बार्षिक उत्सव भब्य समारोहमाबिच सम्पन्न भएको छ ।
निगम प्राङगणमा भएको समारोहमा बोल्दै वाणिज्य तथा आपुर्ति मन्त्री गणेशमान पुनले हाल नेपाल संकटमा रहेको भन्दै समस्या समाधान गर्न सबै लाग्नुपर्ने बताउनु भयो ।
उहाँले अप्ठारो अबस्थालाई छिचोल्दै पारदर्शि दंगले काम गर्न निगमलाई निर्देशन पनि दिनुभएको छ । पहिले जे जस्ता कमजोरी भएपनि आगामी दिनमा ती कमजारीलाई चिर्दै अगाडी बढ्न उहाँले आग्रह गर्नुभयो ।
निगमकै कमजोरीका नाकाबन्दीपछिको अबस्थामा जनताले समस्या भोग्नुपरेको भन्दै उहाँले अब निगमलाई सुधार गर्न बाणिज्य मन्त्रालय तयार रहेको बताउनु भयो ।
आगामी दिनमा नितीगत रुपमा समस्यालाई चिर्दै निगमलाई परेका समस्या सरकारले सुल्झाउने भन्दै उहाले सरकार जतिसक्दो सहयोग गर्न तयार रहेको बताउनु भएको छ ।
यस्तै आयल निगकका कार्यकारी निर्देशक गोपाल खड्काले नाकाबन्दी जस्तो समस्यामा निगमले जनताको समस्यालाई मध्यनजर गर्दै बैकल्पीक बाटोबाट इन्धनबाट ल्याएर पनि समाधान गरेको बताउनु भयो ।
निगमसंग भएका स्रोत साधनलाई उपयोग गरी हाल रहेका समस्या समाधानमा लागीपरेको उहाको भनाइ छ । बार्षिकउत्सबका अबसरमा निगमले केही कर्मचारीलाई पुस्कार पनि बितरण गरेको थियो ।