काठमाडौं, २६ पौष ।
सत् साबिह सेवा समितिले भारतको हरीयाणा राज्यको हिसार जिल्लास्थित जेलमा बन्दी बनाइएका र मुद्दा लगाइएका २४ जना नेपाली तिर्थालु नागरिकहरुलाई नि :शर्त तत्काल रिहा गर्न भारत सरकारलाई माग गरेको छ ।
समितिले आज राजधानीको अनामनगरस्थित मिडिया इन्टरनेश्नलमा एक अन्र्तक्रिया कार्यक्रम गरि नेपाली नागरिक तिर्थयात्रुहरुमाथि भारतीय प्रशासनले चरम दमन र अन्याय गरेको बताएको छ ।
हरीयाणाको बरवालास्थित सत्लोक आश्रममा सत्संग र नामदान कार्यक्रमका लागि पुगेका हजारौ तिर्थालुहरुमाथी १३ नोभेम्बर सन २०१४ मा हरीयाणार भारतीय केन्द्र सरकारले एक्साभेटर, क्रेन र ग्लाइडरसहित एक लाख प्रहरी बल प्रयोग गरेर मिर्मम कुटपिट तथा पक्राउ गरि बन्दी बनाइएको थियो ।
सोहि क्रममा ३० जना नेपाली तिर्थालुहरुलाई समेत बन्दी बनाइएको थियो । जसमध्ये हाल १७ जना तारिखका रिहा भएका छन भने ७ जना अझै जेलमै रहेका छन ।
भारत सरकारको उक्त कार्य हिटरलको भन्दा पनि अझ अमानवीय, अपमानजनक र निकृष्ट कार्य भएको सेवा समाजकी सदस्य सरिता गौतमले बताइन । बन्दी बानाइएका आफ्ना नागरिकहरुलाई रिहा गराउने जिम्मा नेपाल सरकारको भएपनि चुप लागेर बसेको भन्दै यो उसको गैरजिम्मेवारी पन भएको बताइन ।
सत् साबिह सेवा समितिले बन्दी नेपाली तिर्थालुहरुको स्वदेशी फिर्तीका लागि विभिन्न अभियानहरु सञ्चालन गर्दै आएको छ ।

