तराई आन्दोलन चाडै हट्ने प्रचण्डको दाबी

तराई आन्दोलन चाडै हट्ने प्रचण्डको दाबी

  • शनिबार, पुस २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

तुल्सिपुर (दाङ), २५ पुस ।

एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले तराई मधेसमा जारी समस्या समाधानका लागि संविधान संशोधनको प्रक्रिया अगाडि बढिसकेकाले केहिदिनभित्र नाकामा हुँदै आएको अवरोध हट्ने बताउनुभएको छ ।

तुल्सिपुर उद्योग वाणिज्य सङ्घले आज आयोजना गरेको स्वागत कार्यक्रममा उहाँले तराई समस्यासँगै नाकाबन्दीसमेत तत्काल खुल्ने दाबी गर्नुभयो ।

उहाँले दाङ्को टरिगाउँ विमानस्थलमा इन्धन डिपो निर्माणका लागि आफूले पहल गर्नेसमेत बताउनुभयो ।

सो अवसरमा तुल्सिपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विमल रिजालले अध्यक्ष दाहाललाई हवाइसेवा नियमित गराउन, इन्धन डिपो तत्काल स्थापना र धावनमार्ग विस्तार गर्नुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ