प्रधानमन्त्रीको ख्याल ठट्टाले नेपालकै बेइजतः वैद्य

प्रधानमन्त्रीको ख्याल ठट्टाले नेपालकै बेइजतः वैद्य

  • शनिबार, पुस २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौँ, २५ पुस । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन बैद्यले प्रधानमन्त्री केपी शर्मा ओली जनजीविकाका समस्या हल गर्ने भन्दा पनि भाषण गरी जग हसाइरहको बताएका छन् ।
शनिबार संवाद डबलीमा नेपालको समसामयिक सन्दर्भमा आधारित भएर इच्छुक सांस्कृतिक प्रतिष्ठानले आयोजना गरेको विशेष कवि गोष्ठीमा बोल्दै वैद्यले भारतको नाकाबन्दले जनजीवन चौपट भइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओली ठट्टामा व्यस्त रहेको बताए ।

‘कहिले हावामा बिजुली निकाल्ने र कहिले घरघरमा ग्यासको पाइप लाइन पु¥याउनेजस्ता कुरा गरिरहेका छन् ।

जनजीविका चौपट भइरहेको बेला पनि प्रधानमन्त्री ठट्टामा व्यस्त हुनु चिन्ताजनक हो’ वैद्यले भने । जनताको घरमा चुलो बल्न छोडेको बेला प्रधानमन्त्री ख्याल ठट्टामा ब्यस्त भएकाले नेपालकै बेइजत भएको बताए ।
कार्यक्रममा कविहरुले देश संचालन गर्ने सिंहदरवारलाई यो देशकै सवैभन्दा ठूलो मूर्दाघर भन्नु सामयिक विम्ब भएको बताए ।

मधेश आन्दोलन, नाकाबन्दी, राष्ट्रियता, पहिचानको मुद्दादेखि वर्गसंघर्षलाई कविताको विषयवस्तु बनाएर पौढदेखि नवयुवासम्मका तीन पुस्ताका कविहरुले कविता सुनाएका थिए ।
कार्यक्रममा कवि स्नेह सायमी, जगदीशचन्द्र भण्डारी, मित्रलाल पंज्ञानी, रामप्रसाद ज्ञवाली, लक्ष्मी माली, हिरामणी दुःखी, अनिल श्रेष्ठ, राजबहादुर कुँवर, स्वप्निल स्मृति, संगीत स्रोता, मुक्तान थेवा, राजु स्याङ्ताङ, कुशल बोगटी, आरसी न्यौपाने, केशव सिलवाल, गौरी दाहाललगायतका कविहरुले कविता बाचन गरेका थिए ।
२०२७ सालमा भएको भारतीय नाकाबन्दीको सन्दर्भमा लेखिएको धम्की न दे भारत भन्ने कविता विशेष प्रस्तुतीमा रहेको थियो । विशेष कवि गोष्ठीको संचालन इच्छुक सांस्कृतिक प्रतिष्ठानका सदस्य सचिव हिरामणी दुःखीले गरेका थिए भने अध्यक्षता प्रतिष्ठानका अध्यक्ष कवि इश्वरचन्द्र ज्ञवालीले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ