हेटौँडा, २५ पुस । उपप्रधानमन्त्री कमल थापाले सडक निमार्ण लगायत आर्थिक विकासमा अहिले सरकार गम्भीर ढङ्गले लागिरहेको बताउनुभएको छ ।
उपप्रधानमन्त्री थापाले आज हेटाँैडामा आयोजित नारायाणी यातायात व्यवसायी सङ्घको २९ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मुलुकमा यातायात व्यवसायीले पनि अरबाँैको लगानी गरेको अवस्थामा सरकारले सडक सञ्जाललाई गुणस्तरीय ढङ्गबाट विस्तार गरी सर्वसाधारण नागरिकलाई यातायात सुविधा उपलब्ध गराउन सेवा पु¥याउनुपर्नेमा जोड दिनुभयो ।
सरकारले पनि व्यवसायीलाई वित्तीय संस्थाबाट ऋण लिन सहयोग पु¥याउने आश्वासन उहाँले दिनुभयो ।
“विगतमा राजनीतिक विवादले दुई दशक समय हामीले खेर फाल्यौँं, अब संविधान जारी भएको अवस्थामा सबै दल एक जुट भई आर्थिक समृद्धितर्फ ध्यान केन्द्रित गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
सो अवसरमा सभासद् रामनारायाण बिंडारी, इन्द्र बानियाँ र अनन्त पौडेल तथा नारायणी यातायात व्यवसायी सङ्घका अध्यक्ष बद्रीप्रसाद चौलागाईँँले तराई आन्दोलन र नाकाबन्दीको समस्याले यातायात क्षेत्र धराशायी हँुदै गइरहेकाले समस्याको निकास गर्न तथा यातायात क्षेत्रसम्बन्धी ऐन कानुनमा सुधार ल्याएर उचित वातावरण बनाउन सरकारलाई आग्रह गर्नुभयो ।