मोर्चाको हिजो स्थगित बैठक आज बस्दै

मोर्चाको हिजो स्थगित बैठक आज बस्दै

  • शनिबार, पुस २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ २५ पौष ।  

लामो समयदेखि तराई मधेशमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक आज बस्दैछ । यसअघि हिजोका लागि बोलाइएको बैठकमा शिर्ष नेताहरुको कार्यव्यस्तताका कारण आजका लागि सारिएको हो ।

तामालोपा कार्यलय बिजुलीबजारमा बस्ने बैठकमा प्रमुख दलहरुसँग जारी वार्ता प्रक्रिया तथा आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने विषयमा छलफल हुने बताइएको छ ।

मुखय दलसँगको कार्यदल बैठक अघि नै मोर्चाको बैठक बस्ने मोर्चा आवद्ध दल सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । यद्यपी बैठकको समय भने तय भएको छैन ।

आजको बैठकमा दलहरुसँगको वार्ता प्रक्रियासँगै आन्दोलनलाई पनि निरन्तरता दिने विषयमा छलफल हुने बताइएको छ ।

दलहरुसागको वार्ताबाट केही हदसम्म विश्वासको वातावरण बनेपनि आफूहरुको माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने कर्णको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ