तीन बालबालिका प्रारम्भिक बालविकास केन्द्रलाई हस्तान्तरण

तीन बालबालिका प्रारम्भिक बालविकास केन्द्रलाई हस्तान्तरण

  • शनिबार, पुस २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

रुकुम, २५ पुस ।

आमा जेलमा परेपछि आमाको साथमा रहेका तीन बालबालिकालाई शुक्रबार जिल्ला बाल कल्याण समिति रुकुमले प्रारम्भिक बालविकास केन्द्रमा संरक्षणका लागि हस्तान्तरण गरेको छ ।

श्रीमान्को हत्याको आरोपमा गत भदौमा जिल्ला अदालतले आमा गौरी वादीलाई २० वर्षको जेल सजाय तोकेपछि रुकुम जिल्ला कारागारमा ती बालबालिका पनि आमाको साथमा बस्दै आएका थिए ।
कोटजाहारी–४ का रुकुम घर भएका मोहनलाल वादीको आफ्नै श्रीमतीले हत्या गरेपछि आमाको साथमा जेलमा बस्दै आएका १३ वर्षका वीरेन्द्र, ८ वर्षका दीपक र ७ वर्षकी पुष्पा वादीलाई सन् २०१२ को सिएनएन हिरो पुष्पा बस्नेतद्वारा काठमाडौँको महाराजगन्जमा सञ्चालित प्रारम्भिक बालविकास केन्द्रमा जिम्मा लगाएको बाल कल्याण समितिले जनाएको छ ।

पढाइबाट वञ्चित भएका बालबालिका अब संस्थाकै जिम्मेवारीमा पढ्न पाउने भएका छन् । प्रारम्भिक बालविकास केन्द्रले आमाबुबा जेलमा रहेका र बालबच्चा पनि जेलमा रहेको अवस्थामा उद्धार गरी संरक्षण, पढाइलेखाइ गराउने जिल्ला बालकल्याण समितिका अधिकृत मानवीर वलीले बताउनुभयो । उक्त संस्थामा अहिले करिब ३५÷४० जना बालबालिका संरक्षणमा रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ