राष्ट्रिय पुनःनिर्माण अभियानको माघ २ गते थालनी हुने

राष्ट्रिय पुनःनिर्माण अभियानको माघ २ गते थालनी हुने

  • शुक्रबार, पुस २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाण्डौ, २४ पुस ।

राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनःनिर्माण कार्यको शुभारम्भ गरी राष्ट्रिय पुनःनिर्माण अभियानको माघ २ गते थालनी गर्नुहुने भएको छ ।

‘वैशाख १२ मा गइहाल्यो भुइँचालो, सुरक्षित पुनःनिर्माणमा जुट्ने हाम्रो पालो’ भन्ने नाराका साथ माघ २ गते १८ औँ भूकम्प सुरक्षा दिवस मनाइँदैछ ।

अठारौँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिअन्तर्गत प्रचारप्रसार उपसमितिले आज काठमाण्डौमा आयोजना गरेको पत्रकार सम्मेलनमा माघ २ गते बिहान ११ः५६ बजे शान्ति बाटिकामा राष्ट्रपतिले रानीपोखरी पुनःनिर्माणको शुभारम्भ गरी राष्ट्रिय पुनःनिर्माण अभियानको थालनी भएको घोषणा गर्ने कार्यक्रम छ ।

गत वैशाख १२ गते सोही समयमा ‘गोरखा भूकम्प’ गएको थियो ।
सोही दिन प्रधानमन्त्रीले कार्य्विनायक नगरपालिकास्थित बुङ्मती क्षेत्रको पुनःनिर्माणको गुरुयोजना लोकार्पण गर्नुहुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ