चुलाचुलामा पाइपबाट ग्यास पुर्याइदिन्छु : प्रधानमन्त्री ओली ।

चुलाचुलामा पाइपबाट ग्यास पुर्याइदिन्छु : प्रधानमन्त्री ओली ।

  • शुक्रबार, पुस २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाण्डौ, २४ पुस ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जनाताको घरको चुला चुलामा ग्यासको पाइप जोडिदिने दाबी गर्नुभएको छ ।

भारतीय नाकाबन्दीका बेला जनतालाई ग्यास दिन नसकेर दाउरा बेचिरहेको सरकारका प्रधानमन्त्रीले घरको चुला चुलामा ग्यासको पाइप जोड्दा दाबी गर्नुभएको हो ।
एमाले कार्यकर्ता भेलालाई काठमाण्डौमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो ‘ग्यासका सिलिण्डर काँधमा बोकेर, मोटसाइकलमा बोकेर हिड्नु पर्दैन सिलिण्डरको फेज (युग) समाप्त गरिदिन्छु ।’ उनले अघि भन्नुभयो, घरघरमा चुलाचुलामा पाइप पुर्याइदिन्छु ।
उहाँले यो कुरा सुनेर केहीलाई पिर पर्ने पनि बताउनुभयो । ओलीले भुरुरु धुँवा छोड्ने डिजेलको बस होइन, इलेक्ट्रिक बस चलाउने समेत बताउनुभयो । यस्तै ओलीले फोहोरबाट ग्यास निकाल्ने, हावाबाट विजुली निकाल्ने र एक वर्षभित्र लोडसेडिङ अन्य गरेरै छाड्ने समेत दाबि गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ