पथरी (मोरङ), २४ पुस । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले काँग्रेस सरकार परिवर्तनको पक्षमा नरहेको बताउनुभएको छ । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपसभापति पौडेलले भन्नु भयो – “काँग्रेस सरकार परिवर्तनको पक्षमा छैन ।” काँग्रेसले प्रतिपक्षमा बसेर यतिखेर रचनात्मक भूमिका निर्वाह गरिरहेको उहाँको भनाइ थियो । उपसभापति पौडेलले काँग्रेसले वार्ताको माध्यमबाट मधेस समस्याको समाधान चाहेको बताउनु भयो ।
उहाँले सीमाङ्कनको विषयलाई राजनीतिक तहमा छलफल र सल्लाह गरेर टुङ्ग्याउनुपर्ने बताउनुभयो र भन्नुभयो – संविधान संशोधनको प्रस्तावमै छलफल गरेर मधेस समस्याको हल खोज्नु पर्छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline