काठमाण्डौ,२४ पौष ।
प्रहरीले कटुवा पेस्तोलसहित एक युवकलाई विराटनगर बसपार्कबाट पक्राउ गरेको छ ।
विराटनगर–१ बस्ने मनोज यादवको १८ वर्षीय छोरा विकास यादवलाई बिहीबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
आफ्नो शरीरको कम्मरमा लुकाइराखेको अवस्थामा सादा पोसाकमा खटिएको प्रहरीलाई शङ्का लाग्दा उनको खानतलासी गर्ने क्रममा कटुवा पेस्तोल र गोली राउन्ड दुई बरामद भएको हो ।
उनलाई जिल्ला प्रहरी कार्यालयमा राखेर आवश्यक कारबाही सुरु गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline