शान्ति फैल्याउने उद्देश्यले धरानमा वैवाहिक प्रतिवद्धता कार्यक्रम हुदै 

शान्ति फैल्याउने उद्देश्यले धरानमा वैवाहिक प्रतिवद्धता कार्यक्रम हुदै 

  • शुक्रबार, पुस २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

धरान, पौष २४ गते । 

सवैलाई प्रेमको विषमा जानकारी गराउदै विश्वमै शान्ति फैल्याउने उद्देश्यले विश्व शान्ति तथा एकीकृत परिवारसंघ र युनिभर्सल पिस फेडेरेशनको आयोजनामा धरानमा वैवाहिक प्रतिवद्धता कार्यक्रम हुदैछ ।

असल परिवार समृद्ध नेपाल’ भन्ने मूल नाराका साथ युनिभर्सल पिस फेडेरेशन (युपिएफ) सुनसरीले आगामी पौष २५ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थित द सहारा हलको प्रांगरणमा उक्त कार्यक्रम हुने फेडेरेशन सुनसरीले जनाएको छ ।

विश्वमै अशान्तिको जड पहिलो व्यक्ति त्यसपछि परिवार हुने गरेकोले परिवारबाटै शान्ति खोज्ने प्रयास स्वरुप कार्यक्रम आयोजना गर्न लागिएको आयोजक संस्थाका प्रचारप्रसार संयोजक गंगा कालिकोटेले जानकारी दिनुभयो । विवाह पूर्ण पवित्रता र विवाहपश्चात विश्वासनीयता नघटोस भन्ने उद्देश्यले सुनसरीको धरानमा कार्यक्रमको आयोजना गर्न लागिएको उहाँले बताउनु भयो ।

विश्वका १ सय ९४ राष्टमा रहेको यो संस्थाले भिज्युवल र अडिडोमार्फत विश्वमा भएका सफल दम्पत्तिका विषयमा प्रसार गर्ने भएकोले नेपालमा भएका संस्कृतिको अन्य कुराहरु समेत बुझ्न अन्य देशलाई समेत सजिलो हुने आयोजकको भनाई छ । सन् २००५ बाट नेपालमा शुरु भएको यो संस्थालाई युनाइटेड नेशनले समेत शान्तिका अग्रणीका रुपमा मान्यता दिएको छ ।

कार्यक्रममा ५ हजार वैवाहिक जोडी उपस्थिति हुने र दुई हजार एकल व्यक्तिहरुमको उपस्थित हुने आयोजकले जानकारी दिएको छ । आदर्श परिवारको सिर्जनामार्फत नेपालमा शान्ति र समृद्धि स्थापना गर्ने कार्यक्रमको लक्ष्य छ । कार्यक्रममा विशिष्ट व्यक्तिबाट शान्तिको विषयमा जानकारी दिनुका साथै विभिन्न धर्म गुरुहरुबाट प्रवचन समेत गरिने भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ