धरानमा ब्राउन सुगरको कारोबार बढ्यो

धरानमा ब्राउन सुगरको कारोबार बढ्यो

  • शुक्रबार, पुस २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

धरान, २४ पौष ।  

पछिल्लो समय धरानमा ब्राउन सुगरको कारोबार बढेको पाईएको छ । प्रहरीले लागुऔषधको कारोबार र सेवनलाई नियन्त्रण गर्न जनस्तरमा बिभिन्न कार्यक्रम गरिरहेपनि यसको प्रयोग घटनुको सट्टा बढेको हो ।

केहिसमय अगाडी सम्म ट्याब्लेट र इञ्जेक्सन मार्फत लागूऔषध प्रयोग गर्नेको संख्या धेरै भएपनि हिजोआज स्थानीय यूवा ब्राउन सुगरको लतमा फसेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरिक्षक सुदमकुमार सिजापतीको अनुमान छ ।

कोशी अञ्चल प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय धरानले संयुक्त रुपमा चलाएको अप्रेशनमा साउन देखी यता एकजना बिक्रेतासहित ७ जना ब्राउन सुगर प्रयोगकर्ताहरु पक्राउ परेका छन । उनीहरुको साथबाट २५ग्राम ब्राउन सुगर पनि बरामद भएको सिजापतिले जानकारी दिनुभयो ।

गत मंसिर १६ गते धनकुटाको घोर्लीखर्क का २४ बर्षीय रमेश श्रेष्ठ धरान ३ बाट पक्राउ परेका र उनको साथबाट ९ ग्राम ब्राउन सुगर फेला परेको धरान प्रहरीले जनाएको छ । यस्तै, मंसिर २५ गते धरान १३ का ३४ बर्षीय रामकुमार बुढाथोकी र २५ बर्षीय आशिष सुब्बा पक्राउ परेका छन ।

उनीहरुको साथबाट ९.६६ ग्राम ब्राउन सुगर बरामद भएको सिजापतिले जानकारी दिनुभयो । त्यस्तै, मंसिर २७ गते धरान १४ का २९ बर्षीय सुमन श्रेष्ठ २.५० ग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन भने धरान १९ का २२ बर्षीय सन्तोष लिम्बु २.१ ग्राम र धरान १५ का ३२ बर्षीय पुरुषोत्तम श्रेष्ठ ३ ग्राम ब्राउन सुगरसहित पक्राउ परेको धरान प्रहरीले जनाएको छ ।

ब्राउन सुगरको बिक्रेता इटहरी ५का खड्गबहादुर राई पनि पक्राउ परेकाहरुको बयानको आधारमा समातिएका सिजापतिले जानकारी दिनुभयो ।

मंसिरमा ब्राउन सुगर कारोबार बढेको तथ्यांक भएपनि प्रहरीको सक्रियता बढेको र अहिले कारोबार गर्नेहरुको गतिबिधि नदेखिएको धरान प्रहरीको दाबी छ ।

धरानमा टिडी जेसिक, स्पास्मोजस्ता लागूऔषध कारोबार र सेवन बढी भएकोमा अञ्चल र इलाकाको संयुक्त टोलीले प्रयोगकर्ता र बिक्रेता समातिएपछि हाल ब्राउन सुगरको कारोबार बन्द भएको प्रनाउ सिजापतीले दावी गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ