जलविद्युत् उत्पादनमा जोड दिने लगानी बोर्डको निर्णय

जलविद्युत् उत्पादनमा जोड दिने लगानी बोर्डको निर्णय

  • बिहिबार, पुस २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौँ, २३ पुस । लगानी बोर्डले जलविद्युत् उत्पादनमा जोड दिई ऊर्जाको वर्तमान सङ्कटलाई समाधान गर्ने निर्णय गरेको छ ।

नयाँ बानेश्वरस्थित बोर्डको कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको बैठकले ठूला जलविद्युत् परियोजनालाई निर्धारित समयमै सम्पन्न गर्नेबारेमा छलफल भएको बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले जानकारी गराउनु भयो ।

बैठकमा पश्चिम सेती, अरुण तेस्रो, माथिल्लो तामाकोसी, माथिल्लो कर्णालीलगायत जलविद्युत्का ठूला परियोजनालाई कसरी अघि बढाउने र निर्धारित समयमै सम्पन्न गर्नेबारेमा छलफल भएको उहाँले बताउनु भयो ।

बोर्डले समग्र विकासका लागि प्रतिवेदन तयार गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडाको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय गरेको छ ।

बैठकमा उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदार, सूचना तथा सञ्चारमन्त्री शेरधन राई, अर्थमन्त्री विष्णु पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेललगायत सहभागी हुनुहुन्थ्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी