दशगजामा बसेर टाउको फुटाउँदैमा समस्या समाधान हुँदैन :सिटौला

दशगजामा बसेर टाउको फुटाउँदैमा समस्या समाधान हुँदैन :सिटौला

  • बिहिबार, पुस २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

फलेवास, २३ पुस । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले दशगजामा बसेर टाउको फुटाउँदैमा तराई मधेसमा जारी समस्याको समाधान हुन नसक्ने बताउनु भएको छ ।

अमृत जोशी स्मृति प्रतिष्ठान पर्वतको आठाँै स्मृति सभालाई आज सम्बोधन गर्दै महामन्त्री सिटौलाले संविधानमा चित्त नबुझे संसदबाटै समाधान गर्न सकिने बताउँदै दशगजामा बसेर भुपरिवेष्ठित मुलुकको पारवहन अधिकार रोक्दैमा उनीहरुले मागेको अधिकार दिन नसकिने स्पष्ट पार्नु भयो ।
संविधान निर्माणको अन्तिम क्षणमा बहिष्कार गरेपनि अब संशोधन गर्न सकिने अवस्था रहेकाले दशगजामा जानुभन्दा संसदमा आउन मधेसवादी नेतालाई उहाँले सुझाव दिनु भयो ।
राष्ट्रिय एकताले मात्रै नयाँ संविधानको कार्यान्वयन सम्भव रहेको बताउँदै उहाँले मुख्य दलहरूबीचको सहकार्यले मात्रै नयाँ संविधान जारी भएकाले संविधानको सहज कार्यान्वयनका लागि पनि दलहरूबीच राष्ट्रिय एकताको आवश्यकता रहेको उल्लेख गर्नु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ