२३ पौष राजविराज । सप्तरी स्थित कारागारमा एक कैदीको मृत्यु भएको छ । चोरी मुद्दामा विगत १० महिनादेखि जेल जीवन विताईरहेका राजविराज ३ निवासी अशोक गुप्ताको मृत्यु भएको हो ।
४८ वर्षिय गुप्तालाई बुधबार राती ११ बजेतिर कारागारका कर्मचारीले स्थानीय गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल पुयाएका थिए । जहाँ चिकित्सकले उनलाई मृत घोषित गरेको थियो । ड्युटीमा रहेका स्वास्थ्यकर्मीका अनुसार गुप्तालाई अस्पताल पु¥याउनु अघि नै मृत्यु भईसकेको थियो ।
पत्नी शकुन्तला देवीले कारागार प्रशासनको लापरवाहीले पतिको मृत्यु भएको आरोप लगाएकी छिन् । उनले भनिन्, “पति विरामी परेको र मृत्यु भएको खवरसम्म कारागार प्रशासनबाट होइन, अस्पतालका कर्मचरीबाट थाहा पाएँ ।”
उनले विरामी परेको पतिको समयमै कारागार प्रशासनले उपचार नगराउँदा मृत्यु भएको भन्दै छानवीन हुनुपर्ने माग समेत गरेकी छिन् ।
यता कारागार प्रशासनले विरामी परेका गुप्ताको ५ दिन अघि पनि स्थानीय अस्पतालमा उपचार गराइएको जनाएका छन् ।
जेलर कृष्ण प्रसाद दाहालले भने, “५ दिन अघि पनि उपचार गराएका थियौं, हिजो राती पनि स्थिति गम्भीर भएपछि अस्पताल लाँदा लादै मृत्यु भयो ।”