धरान सुनसरी पौष २३/चोरीको मोटरसाइकल सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीले भारतबाट चोरी गरी ल्याईएका मोटरसाइकल सहित दुई जनालाई इटहरीबाट पक्राउ गरेको हो ।
प्रहरीले चोरीका को ९ प ३३५३ र को ६ प ४६५६ नंम्बरको मोटरसाइल सहित दुहबी ११ का सुमन चौधरी र दुहबी १० बस्ने जयनारायण माझीलाई पक्राउ गरेको हो । उनिहरुले चलाएको मोटरसाइकलको चेसिस र इन्जिन नंम्बर कोशी अंञ्चल यातायत व्यवस्था कार्यालय इटहरीको रेकर्डमा उल्लेख छैन ।
गलत नंम्बर प्लेट प्रयोग गरि उनिहरुले केही महिना यता सो मोटरसाइकल चलाउदै आएका थिए । उनिहरुलाई चेकजाँचको क्रममा पक्राउ गरिएको इप्रका इटहरीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त मोटरसाइकल भारतबाट चोरी गरि ल्याईएको बताएको छ । बरामद मोटरसाइकल राजश्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाइएको छ । साथै प्रहरीले चोरीका सबारी साधानको खोजीलाई पनि तिब्रता दिने बताएको छ ।
सुनसरीमा यसरी चोरी गरि ल्याईएका सबारी साधानको संख्या धेरैमात्रामा रहेको छ ।