” कूशल शासकहरु भबिष्यको सोचाइ गर्छन तर नेताहरु चुनाबको मात्र चिन्ता गर्छ” प्रसिदॄ पुर्व अमेरिकी राष्ट्रपति अब्राह्मम लिङ्कनको यो भनाई नेता हुं भन्ने लाई विजाउने शैलिको छ। तर कटुसत्य यही हो। वर्तमान नेपालको परिवेश लाई वैशाख १२ को भुकम्प र नाकबन्दि ले अलिकति असामान्य परिस्थितिमा धकेलेको छ। भुकम्पले चौतर्फी रुपमा थङथिलो पारेको नेपाल तङग्रिन नपाउदै भारतिय नाकाबन्दिको चपेटामा पर्यो। भैतिक र ठलो मानविय क्षति संगै समाजका सबै किसिमको संरचना अस्तव्यस्त र सिथिल बन्न पुग्यो। विशेष त यस बाट नेपालको अर्थतन्त्रले नराम्रो संग सेट ब्याक खाएको छ। प्रमुखत समस्या, संकट र अवसर एक साथ हाम्रो अगाडि चूनौतिको रुपमा उपस्थित भएका छन।
समस्या र संकटलाई पुर्ण विराम लगाउदै अवसरको सदुपयोग कति गर्यौ हिसाब किताब अहिलै गरिहाल्न हतारो नै हुन्छ।भुकम्प र नाकाबन्दि बाटा सिर्जीत समास्यालाई अन्तिम बिन्दुमा पुर्याउन राम्रो सुझवुझ सहित दूरदृष्टि भएको नेतृत्व अथवा लिङकनले भने झै नेता हैन कुशल राजनैतिक खेलाडि चाहिएको छ। ना की देखावटि सुन्दर चुनाबि नारा सहित जनतालाई फुस्रा सपना बांडने हैन। प्रधानमन्त्रिको पद ग्रहण गर्दै वलि ले अिभमानका साथ भने ” म सबैलाई सम्झि सम्झि बाडुली लाग्ने बनाउछु” पुनं निर्माणको कामलाई तत्काल सकेर विकास निर्मणको काम लाई यृदॄ स्तरमा अगाडि लैजाने वोलिको उद्धघोस आज व्याङ्ग्यमा परिणत भएको छ। सरकार लाई चिसो लाग्यो कि लागेन तर भुकम्प पिडितहरु सिठी र चिसोले कठ्यङग्रीएर दिन दिनै मरि रहेको छ। टहरामा दिन विताउन बाध्य पिडितहरु जो संग जाडोमा लाउने एक थान जनकपडा छैन।
ओली सरकार यस बाट बेखबर छ किन ? ग्यास,पेट्रोल,डिजल,दैनिक उपभोग्य वस्तु, लगाएत आैषधिजन्य क्षेत्रमा देखिएको अभावले जनजिवन अत्यान्तै कष्टकर बनेको छ। छ महिना सम्म लाई खाध्यन लगायत अति आवश्यक बस्तुहरुको स्टक गरेका छौ भन्ने हरु आज कहा छन? के जनतालई जवाफ दिनु पर्दैन? यस्तै अभाव र समास्य मा जनता ले आफ्नो सरकारको भूमिका खोज्छ तर यहाँ सरकार छ? भन्ने प्रश्न उठेको छ।अभिभावक नभएको बालक जस्तै राज्य नभएको राज्यविहिन नागरिक जस्तो अनुभव जनताले गरेका छन। जनताको नाममा राजनिति गरेर त्यहा सम्म पुगेका हरु खै त जनउत्तरदायी बनेका? भ्रष्टाचारि,घुसखोरी,विचौलिय तथा दलालहरुको बिचमा वसेर सरकार सञ्चालन गर्दै छ वोलि हैन भने किन नियान्त्रण गर्दैनन? नेता देखी कार्यकर्ता सबै दलाल र एजेण्ट वनेका छन।
सरकारी संम्यान्त्र हात बांधेर रमिता हर्दै त्यस्ता व्यक्ति र समुह लाई प्रोत्साहन र संरक्षण गर्दै दुइ चार पैसा मा विकेका छन। एउटा लोकतान्त्रिक मुलुकमा यहा भन्दा लाचारीपना के हुन सक्छ? काठमाण्डाैको आफुखुसी दिल्लिलाई रुजेन त्यसैले उ नाकबन्दिको छडि लिएर तलै सम्म झरे। काठमाण्डाैले दिल्लिलाई खुसी बनाउन प्रस्तुत गरेका सबै नृत्यहरु बेकामका भए।अझै उसले आफ्ना सपना हरु काठमाण्डाै रोप्न आफ्ना नातेदार काठमाण्डाैमा खटाएका छन। दौडधुप अझै जारि छ… तर एैले सम्म स्पस्ट दिल्ली वाणी आइसकेको छैन।
निकै माथिल्लो तह बाट भएका छलफल हरु निष्कर्स बिहिन बन्नु र सकरात्मक परिणाम नदेखिनुले हाम्रो राजनिति र कुटनिति कति फितलो छ भन्ने कुराको संकेत गर्छ।जनताको पुर्ण साथ भएर पनि दुरगामि महत्तव बोकेका विकासे योजना लाई महत्तवका साथ उठान गर्न सकिरहेको छैन। आफुलाई फोटो झुन्डाउन मात्र नआएको दाबि गर्ने वोलि अन्तत फोटो झुन्डाउने र भिआइपि को सुबिधा लिएर बिदाइ हुने निस्चित जस्तै भैसकेको छ। क्षमातावान व्यक्ति भन्दा पार्टि निकटका ले सडुवा बडुवा पाउने प्रवितिले हामी झनै दुर्गतिको बाटो तिर उन्मुख छौ।विभिन्न बाहानामा राज्यको व्रम्हलुट गरिरहेका राज्यका सबै शेयर होल्डरहरु हरुलाई खबरदारी कसले गर्ने? एमाले र कंग्रेसले पुन निर्माण प्राधिकरणको नेतृत्व हत्याउनलाई गरेको रुवाबसी छि! यै त झन भुकम्प पिडित माथी पिडा थप्ने काम गर्यै जसको जति निन्दा गरे पनि कम हुन्छ। वोलि आफ्नो पद जोगाउनलिई मन्त्रिका टेको स्वेच्छाचारी ढङ्गले बिस्तार गर्दैछन।
हचुवाको भरमा मन्त्रलय फुटाउने र बनाउने काम गर्दैछ यस बाटा पर्ने आर्थिक भारले गरिब बाटा हाम्लाई कंगाल बनाउदैछ।सचेत र राष्ट्रबादि सोच भएका युवा हरु फेसबुक र टुइटर का भित्तमा बकबकाउनु शिवय अरु केही गर्न सकेन। के फेसबुक र अन्य सामाजि सञ्जाल मा गरेको आपत्ती र अभिव्यक्ति सम्बन्धित निकायमा पुग्ला? प्रश्न राष्ट्रबादी,सचेत युवा बुदिॄजिबि,नागरिक अगुवा,आम जनतालाई के अहिले देखिएको पात्रहरुले देशलाई बिखण्डन र अराजकता बाटा जोगाउदै न्याय देला? हामी कहिले सम्म दलको दास बनेर वस्ने? अराजकता, महँगी, भ्रष्टाचार, ढिलासुस्ती, प्रशासनिक लापरबाही र अन्यायका विरुदॄ अब युवा चर्को आवाज सहित सडकमा आउने हिम्मत गर्नै पर्छ।हैन भने चिय पसलमा भाषण छांट्नु र सामाजिक सञ्जाल मा बकबकाउनुको कुनै तुक छैन।
स्यामशिला,भाेजपुर , हाल आेकिनावा जापान