एक करोड ३४ लाखको लगानीमा खानेपानी आयोजना सम्पन्न

 एक करोड ३४ लाखको लगानीमा खानेपानी आयोजना सम्पन्न

  • बिहिबार, पुस २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

दाङ, २३ पुस ।

दाङको हेकुली गाविसमा समुदायको अगुवाइमा रु रु एक करोड ३४ लाखको लगानीमा खानेपानी आयोजना सम्पन्न भएको छ ।

बोरिङसहित ओभरहेड ट्याङ्की र पाइपलाइनको काम सम्पन्न गरी आयोजना सञ्चालनमा आएको हो । सो आयोजनाबाट २१९ घरधुरी लाभान्वित भएका छन् । हाल पहिलोपटक १५० घरमा धारा जडान गरिएको छ ।

आफ्नै लगानीमा निजी धारा जडान गरेको र धारा २४ घन्टा सञ्चालनमा आएपछि स्थानीयवासी खुसी भएका छन् ।

सो आयोजना हेर्न रुकुम, रोल्पा, जाजरकोट, डोल्पाका विभिन्न खानेपानी आयोजनाका पदाधिकारी र जिल्लाभित्रका धनौरी र शान्तिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पदाधिकारी एवम् उपभोक्ता दिनहुँ आउने गरेको रावतगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव टीकाराम भट्टराईले जानकारी दिनुभयो ।

रु ८५ लाख रेडक्रस, रु पाँच लाख खानेपानी र रु पाँच लाख जिविस उपभोक्ता, नेपाल रेडक्रस सोसाइटी, जिविस खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, गाविसको कार्यालय र उपभोक्ताको संयुुुुक्त लगानीमा आयोजना सम्पन्न भएको हो । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ