सिटामोल मात्र पाउँछन् जाजरकोट अस्पतालमा बिरामीले

सिटामोल मात्र पाउँछन् जाजरकोट अस्पतालमा बिरामीले

  • बिहिबार, पुस २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

जाजरकोट, २३ पुस ।

जाजरकोटको जिल्ला अस्पतालमा औषधिको चरम अभाव भएको छ । अस्पतालमा औषधि ढुवानीको नियमित काम समयमै हुन नसक्दा औषधिको चरम अभाव भएको हो ।

वर्षभरिको सबै औषधि समयमा ढुवानी गरिसक्नुपर्ने भए पनि अहिलेसम्म औषधि आपूर्ति नहुँदा अस्पतालमा भर्ना हुने र भर्ना नभएर उपचार लिन आउने सर्वसाधारण मर्कामा परेका छन् । सामान्य प्रकारको औषधि पनि अस्पतालमा पाउन नसकेको बिरामीको गुनासो छ । सरकारले स्वास्थ्य चौकीमा ७० प्रकारको र प्राथमिक स्वास्थ्य केन्द्र र अस्पतालमा १०० प्रकारको औषधि निःशुल्क दिने भने पनि यतिबेला जाजरकोट अस्पतालमा औषधिको चरम अभाव भएको हो ।

जिल्ला अस्पतालमा अहिले दैनिक आठदेखि १३ जनासम्म बिरामी भर्ना हुन आउने गरेको छ । त्यस्तै सामान्य जाँच गराएर जानेको सङ्ख्या धेरै भए पनि अस्पतालबाट औषधि पाउने अवस्था नभएको सेवाग्राहीको गुनासो छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ