विपद् जोखिम व्यवस्थापनको कार्ययोजना तयार

विपद् जोखिम व्यवस्थापनको कार्ययोजना तयार

  • बिहिबार, पुस २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

बाँके (खजुरा), २३ पुस ।

बाँकेको कम्दीमा जलवायु परिवर्तन अनुकूलन तथा विपद् जोखिम व्यवस्थापनको मूलप्रवाहीकरण कार्ययोजना तयार गरिएको छ ।

कम्दी गाविस, फेकोफन बाँकेको सहकार्यमा हरियो वन कार्यक्रम केयर नेपालमार्फत सो कार्ययोजना तयार गरिएको हो । चालु आर्थिक वर्षमा कार्यान्वयन गरिने र आगामी आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने लापा–कापा तथा अन्य महत्वपूर्ण योजनाको जिम्मेवारीसहित मूलप्रवाहीकरणको कार्ययोजना तयार गरी हस्तान्तरण गरिएको हो ।

त्यस अवसरमा स्थानीय अनुकूलन तथा विपद् जोखिम व्यवस्थापन योजना मूलप्रवाहीकरणको आवश्यकता र महत्व तथा आवश्यक प्रक्रिया, हरियो वन कार्यक्रममार्फत गाविसमा सम्पन्न कार्यक्रमको जानकारी गराएको थियो ।

कार्यक्रममा गाविसस्तरीय एकीकृत योजना तर्जुमा समिति, वडा नागरिक मञ्च, स्थानीय राजनीतिक दल, लापा व्यवस्थापन समिति र सामुदायिक वन उपभोक्ता समूहको प्रतिनिधिको सहभागिता थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ