आपूर्ति व्यवस्था छिटै सहज हुन्छ—मन्त्री पुन

आपूर्ति व्यवस्था छिटै सहज हुन्छ—मन्त्री पुन

  • बुधबार, पुस २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

नेपालगन्ज, २२ पुस । आपूर्तिमन्त्री गणेशमान पुनले पेट्रोलियम पदार्थको सहज आपूर्ति व्यवस्थापनका लागि सरकारले आवश्यक गृहकार्य सुरु गरिसकेको बताउनु भएको छ ।

क्रान्तिकारी पत्रकार सङ्घ, बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारद्वारा प्रदान गरिने तथा निजी क्षेत्रलाई जिम्मा लगाइएको सबैखाले सेवाको आपूर्तिमा कालोबजारी नियन्त्रण हुने बताउनु भयो ।

मन्त्री पुनले भारतसँग मात्र निर्भरता हुन खोजिएको अहिलेको परिणतिलाई अब सुधार गर्नु पर्ने खाँचो औँल्याउदै सरकारले चीन र बङ्गलादेशसँग गर्न लागेको व्यापार सम्झौता अन्तिम टुङ्गोमा पुगेको छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “इन्धन आपूर्ति राजनीतिक समस्यासँग जोडिएकाले रक्सौल नाकालाई छिटोभन्दा छिटो सञ्चालन गर्न सम्बद्ध पक्षसँग विभिन्न चरणको छलफल र वार्ता भइरहेको छ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ