काँग्रेस उपसभापति पौडेल र भारतीय नेताहरुबीच भेटवार्ता

काँग्रेस उपसभापति पौडेल र भारतीय नेताहरुबीच भेटवार्ता

  • बुधबार, पुस २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौँ, २२ पुस । भारत भ्रमणमा रहनुभएका नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले आज भारतीय नेताहरुसँग भेटघाट गर्नु भएको छ ।
उपसभापति पौडलले आज नयाँ दिल्लीमा भारतीय गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुषमा स्वराज, भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोशियारी तथा महासचिव राम माधवलगायत नेतासँग भेटवार्ता गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।
भेटवार्ताका क्रममा दुई मुलुकबीचको आपसी सम्बन्ध र हाल नेपालको सिमानामा देखिएको आपूर्तिको असहजताबारेमा समेत छलफल भएको थियो ।
उपसभापति पौडेलले भ्रमणका दौरान नेपालका लागि भारतका पूर्वराजदूत एवम् भारतीय प्रधानमन्त्रीका प्रमुख सुरक्षा सल्लाहकारलगायतसँग भेटवार्ता गर्नुहुने बताइएको छ ।
उपसभापति पौडेल पतञ्जलि योगपीठको कार्यक्रममा सहभागी हुन यही पुस २० गते पाँचदिने भ्रमणका लागि भारत जानुभएको हो । काँग्रेसको आसन्न १३औँ महाधिवेशन नजिकिँदै गर्दा सभापतिका उम्मेदवार ठानिएका उपसभापति पौडेलको भारतीय नेतासँगको उच्च भेटवार्तालाई यहाँ महत्वका साथ हेरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ