काठमाडौँ, २२ पौष ।
नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले स्वतन्त्र बिद्यार्थी युनियन निर्वाचनको माग गर्दै त्रिभुवन उपकुलपति र रजिस्ट्रार लाई ज्ञापन पत्र बुझाएको छ ।
क्रान्तिकारीले आज त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्रा डा तिर्थ खनियालाई भेटेर स्ववियु नियमावली विधान परिवर्तन गर्नु पर्ने, स्ववियुको नया संरचना निमार्ण गरिनुपर्ने , समानुपातिक निर्बाचन प्रणाली लागु गरिनुपर्ने र यथासिघ्र स्ववियु निर्बाचन घोषणा गरिनुपर्ने लगायतको ४ बुदे माग पत्र बुझाएको अखिल क्रान्तिकारी उपत्यका संयोजक लोकेश बिश्वकर्माले बताउनुभयो ।
ज्ञापन पत्र बुझ्दै उपकुलपति प्रा डा खनियाले जायज मागको सन्दर्भमा आफुहरुले नयाँ ढंगले सोच्ने बताउनुभयो । अहिले सम्मका स्वबियु ठेक्का(पट्टाको लागि केही सिमित बिद्यार्थी नेताहरुको अड्डा बाहेक केही हुन नसकेकाले आम विद्यार्थीको समस्याको समाधानमा कुनै साइनो नराख्ने स्वबियुको खास अर्थ नरहेको भन्दै त्यसको नीति ,विधि र संरचनामा आमूल परिवर्तन ल्याउनु जरुरी रहेको क्रान्तिको ठहर छ ।