गोरखा बारपाकमा दैनिक २२ घण्टा विद्युत् कटौती

गोरखा बारपाकमा दैनिक २२ घण्टा विद्युत् कटौती

  • बुधबार, पुस २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

गोरखा, २२ पुस ।

गत वैशाखसम्म दैनिक एक मिनेट पनि विद्युत्भार कटौती नहुने बारपाकका उपभोक्ताले अहिले दैनिक २२ घण्टा विद्युत् कटौतीको मार खेप्नु परेको छ ।

भूकम्पले स्थानीय बारपाक साना जलविद्युत् आयोजनामा पु¥याएको क्षतिले गर्दा विगत नौ महिनादेखि बारपाकबासीले विद्युत् कटौतीको मार खेप्दै आएका हुन् ।

भरखरै मात्र जलविद्युत् आयोजना मर्मतको काम सुरु गरिएको छ । रु ८५ लाख खर्च गरेर आयोजना पुनःनिर्माण गर्न लागिएको हो । स्थानीय युवा वीरबहादुर घलेको एकल लगानीमा २०४८ साल साउनदेखि बारपाकमा बिजुली बलेको थियो । आयोजना प्रमुख घलेका अनुसार भूकम्पले विद्युत्गृह, कुलो र खम्बा ध्वस्त भएको छ ।

गाउँदेखि केही टाढाको खोलाबाट ९५ किलोवाट क्षमताको विद्युत् उत्पादन गरिएको थियो । बारपाक गाविसका वडा नं ४, ५, ६, ७, ८ र ९ का करिब १,२७२ घरधुरीका स्थानीयले विद्युत् उपभोग गर्नुका साथै स्थानीयस्तरमा घरेलु तथा साना उद्योगहरु पनि सञ्चालनमा आएका थिए । अहिले ती उद्योगहरु बन्द छन् ।

भूकम्पपछि टहरा उज्यालो बनाउन घलेको सक्रियतामा रु आठ लाख खर्चेर ५० केभिए क्षमताको जेनेरेटर जडान गरिएको छ । नाकाबन्दीले गर्दा डिजेलको अभाव भएपछि दैनिक साँझ ६ बजेदेखि ८ बजेसम्म मात्रै बिजुली छाड्ने गरिएको हो । “दिनको दुई घण्टामात्रै बत्ति बाल्न पाइन्छ”–बारपाक–४ का तेजबहादुर घलेले भन्नुभयो, “२२ घण्टा विद्युत्भार कटौतीको मार खेप्दै आएका छौँ ।”

बिजुली नहुँदा भूकम्पपीडित सञ्चार सुविधाबाट पनि वञ्चित छन् । बेलुकीपख रेडियो सुन्न पाएपनि स्थानीयको भरपर्दो सूचनाको स्रोत कटुवाल हुन् । गाउँमा केही कार्यक्रमको तय भएपछि कटुवालले जानकारी दिन्छन् । “माघको अन्तिम सातासम्म आयोजनाको मर्मत सक्छौं”–आयोजना प्रमुख घलेले भन्नुभयो ।

बारपाकमा नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइन पुगेको छैन । भूकम्पपछि गोरखाका २५ गाविसमा रहेका लघु जलविद्युत् आयोजना बिग्रेका छन् । मर्मत गर्ने आवश्यक बजेट नहुँदा आयोजनाको मर्मत गर्न सकिएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी