दाङमा भएको दुर्घटनामा मुत्यु हुनेको सङ्ख्या सात पुग्यो

दाङमा भएको दुर्घटनामा मुत्यु हुनेको सङ्ख्या सात पुग्यो

  • बुधबार, पुस २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

दाङ, २२ पुस ।

तुलसीपुर घोराही सडक खण्डको सौडीकुलामा बुधबार बिहान सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ ।

बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा थप दुईजना महिलाको मृत्यु भएपछि मृतकको सङ्ख्या सात पुगेको प्रहरीले जनाएको छ । घोराहीबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ क १९१ नम्बरको स्कुल बस र तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा १ ज ३७२ नम्बरको यात्रुबाहक माइक्रो हाइस गाडी एक अर्कामा ठोकिँदा दुर्घटना भएको थियो ।

कोहलपुरमा तुलसीपुर–१ राणागाउँकी किमनी खड्का र सल्यान काभ्रा गाविस–६ निवासी २४ वर्षीया विष्णु विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख कुँवेर कडायतले जानकारी दिनुभएको छ ।

यसअघि राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा थप पाँचजनाको मृत्यु भएको थियो । उपक्षेत्रीय अस्पताल घोराही कियाका चालक, मानपुर–७ वनकट्टि निवासी २० वर्षे धनबहादुर थापा (सुमन), त्रिपुर– १ नारायणपुर निवासी ३६ वर्षीया सवनम अन्सारी, सल्यान काभ्रा गाविस–६ निवासी साढे दुई वर्षे बालक हेमन्त विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी जानकारी दिएको छ ।

उपक्षेत्रीय अस्पतालमा मृत्यु भएकामध्य दुईजना महिलाको अझै सनाखत हुन सकेको छैन । दुर्घटनामा २९ यात्रु घाइते भएका थिए । घाइते मध्य २३ जनालाई उपक्षेत्रीय अस्पताल राप्तीले थप उपचारका लागि बाहिरी जिल्लामा पठाएकोे छ । त्यसैगरी बाक्लो तुवाँलो र ओभर स्पिटका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ