आफ्नै जिबन कथाबाट सांगितीक क्षेत्रमा चर्चा कमाउदै संजय

आफ्नै जिबन कथाबाट सांगितीक क्षेत्रमा चर्चा कमाउदै संजय

  • बुधबार, पुस २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमान्डौ ।

हुनत नेपाली लोक गित संगीतमा पछिल्लो पुस्ताका कलाकारहरुको आगमन दिन प्रतिदिन बढ्दै गएको छ । यो सकारात्मक पाटो पनि मान्न सकिन्छ तर लगानीकर्ताहरु भने खर्च गरे अनुसार सन्तुष्ट हुन सकेका छैनन् ।

अहिले लगानी गर्नेलाई जुवा खेले झैँ भएको छ , न लगानी फर्कन्छ नत जस नै राम्रो पाईन्छ । यसका बाबजुत पछिल्लो पस्ताका कलाकारहरुको आगमन भने उत्साहजनक नै रहेको देखिन्छ ।
प्रसंग रहयो नेपाल बाहिर बसेर नेपाली माटोलाई माया गर्दै नेपाली लोक संगीतमा प्रबेस गरेका गायक संजय फाउण्डफेल्डरको ।

सुइजर्ल्यान्डमा जन्मिएका सुइजर्ल्यान्डकै नागरिक संजय पछिल्लो पटकको निकै कर्ण्प्रिय स्वर भएका गायकमा चिनिन्छन ।
“मत फुल झैँ ओहिलिएर” बाट आफ्नो संगीत यात्रामा प्रबेस गरेका गायक संजय पछिल्लो पटक आफ्नै जिबन घटनालाई बास्ताबिक सृजनामा उतार्दै “आफ्नो भाग्य आफै लेख्न पाए” बाट चर्चामा छन् ।

हुनत यो संसार देख्नेले खोइ केहि गर्न सक्या छैनन् तर संजय दुवै आखा घुमाएर पनि यो सिंगो संसारमा रमाइरहेका छन् दुखमा सृजनालाई साथि बनाउने संजय चन्चले अनि हसिलो सोभाबको छन् ।
बहुचर्चित गायक बिरही कार्की को साथले संगीत क्षेत्रमा प्रबेस गरेको संजयले म्युजिक खबर अवार्ड पनि हात पारेका थिए ।खुसीलाई साथीभाई सम्म साट्न आउने संजय अब छिट्टै धेरै सृजनाबाट बजारमा आउन लागेको उनि छहारीलाइ बताउछन “कथा पिडा उस्तै रहे पनि संगीत मेरो साथि हो”संजय भन्छन ।
आखिर संजयले यो संसार सहजै देख्न सकेका भए साहेद लोक दोहोरीलाई अझ माथि उकास्न सक्नुहुन्थ्यो तर पनि उहाले अनबरत आफु यो क्षेत्रमा लाग्ने बाचा गरेका छन् ।
सबैको साथ् पाएको भन्दै संजय भन्छन “मलाइ सबै भन्दा बढी संचार अनि आफ्नो परिवार साथीभाइको साथ् रहेको हुदा म जुनसुकै समय पनि संगीतमा रमाउन सहज बनेको छ” ।
जे होस् उनको आगामी सृजना अझ निखारियोस र सफलताको शिखर चुम्दै जाओस् हाम्रो तर्फबाट पनि शुभकामना ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी