अनुदानको प्याजको बीउ बिक्री प्रभावित

अनुदानको प्याजको बीउ बिक्री प्रभावित

  • बुधबार, पुस २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

जनकपुरधाम, २२ पुस ।

लामो समयदेखिको बन्द हडतालको कारण सरकारी अनुदानको प्याजको बीउ बिक्री प्रभावित भएको छ ।

सरकारले जिल्ला कृषि विकास कार्यालय धनुषामार्फत किसानलाई ५० प्रतिशत अनुदानमा प्याजको बीउ उपलब्ध गाराउँदै आएपछि बन्द हडतालका कारण बीउ बिक्री ९० प्रतिशतले प्रभावित भएको हो ।

मङ्सिरदेखि पुस महिनाभरी प्याजको बीउ राख्ने समय भए पनि सरकारले तोकिएको समयमा उपलब्ध नगराई अनियमित समयमा बीउ उपलब्ध गराएका कारण बिक्री प्रभावित भएको कार्यालयका प्राविधिक सहायक अमृतलाल कर्णले जानकारी दिनुभयो ।

समयमै बीउ नपाउँदा किसान सीमावर्ती भारतीय बजार तथा स्थानीय एग्रोभेट पसलबाट महंँगोमा खरिद गरिरहेका छन् । कार्यालयले अहिले किसानलाई प्रतिकिलो बीउ रु ६०० का दरले उपलब्ध गराउँदै आएको छ । नासिक रेड प्याजको बीउ वितरण गर्दै आए पनि किसान आकर्षित हुन सकिरहेका छैनन् ।

जिल्लामा केही ठाउँमा यसको व्यावासयिकखेती गरिए पनि शीतभण्डारको समस्या रहेको छ । सरकारले उपलब्ध गराएको अनुदानको प्याजको बीउमा समेत कालोबजारी हुने गरेको किसानको आरोप छ ।

पौडेश्वर– ९ भराखका किसान कौशलेन्द्र मिश्र कार्यालयबाट दिँदै आएको युवा स्वरोजगार कार्यक्रमको रकममा समेत अनियमितता भएको बताउनुहन्छ । “अनुदानको प्याजको बीउ कर्मचारीले नक्कली प्रतिवेदन खडा गरी स्थानीय एग्रोभेट पसलमा बेच्ने गरेका छन्” उहाँले भन्नुभयो । भारतीय बजारदेखि ल्याएको बीउ कमसल र गुणस्तरीय नहुँदा समेत किसान मारमा परेका छन् ।

जिल्लामा किसानले गतवर्ष ९२३ हेक्टर क्षेत्रफलमा प्याजखेती गरी ११ हजार २२० मेट्रिक टन उत्पादन गरेका थिए । सरकारले अहिले युवालाई वैदेशिक रोजगारमा जानबाट रोक्नका लागि युवा लक्षित व्यावसायिक तरकारी उत्पादन कार्यक्रममार्फत एउटा किसानलाई दुई बिघा तरकारीखेती गर्न रु ६० हजार उपलब्ध गराउने गरेको छ ।

तर सो रकम पनि पहुँचवालाले नै पाउने गरेको किसानको गुनासो छ । हाल बजारमा प्याज प्रतिकिलो रु ४० देखि रु ६० सम्ममा बिक्री भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी