काठमाडौँ, २२ पुस ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले व्यवस्थापिका–संसद्को आजको बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७२ पेस गर्नुभएको छ ।
बैठकको प्रारम्भमै सभामुख ओनसरी घर्तीले मन्त्री खरेललाई केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७२ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिनुभएको थियो ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग आबद्ध दलका सांसदहरुको विरोध र नाराबाजीका बीचमा मन्त्री खरेलले उक्त विधेयक प्रस्तुत गर्नुभएको थियो ।
व्यवस्थापिका–संसद्को अर्को बैठक पुस २९ गते बुधबार दिनको १ बजे बस्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline