काठमाडौं ,२२ पौष ।
नेपाल आयल निगमले आजबाट निजी सवारी साधनलाई पनि तेल वितरण गर्ने भएको छ । पहिलो दिन आज एकदेखि छ नम्बर लटसम्मका निजी कार तथा जिपलाई १५ लिटरका दरले पेट्रोल वितरण गर्ने निगमको तयारी छ ।
त्यसका लागि हिजो नै उपत्यकाका ५३ ओटा पम्पहरुलाई निगमको थानकोट डिपोबाट तेल उपलब्ध गराएको निगमका प्रबक्ता मुकुन्द घिमिरेले जानकारी दिनुभयो ।
तोकिएका पम्पहरुमा आज बिहान ९ बजेदेखि पेट्रोल वितरण गरिने निगमले जनाएको छ । अन्य लटका निजी चारपाङ्ग्रे कार तथा जिपको हकमा अर्को सूचना प्रकाशित गरिने पनि निगमले जनाएको छ ।
पेट्रोल लिन लाइनमा बस्ने कारहरुले नवीकरण भएको ब्लुबुक साथमा लिएर बस्नु पर्ने र त्यसको अनुगमन वाणिज्य विभाग, आयल निगम र नेपाल प्रहरीले गर्ने जनाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline