रौतहट, २१ पुस । तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले तराई मधेसमा विगत पाँच महिनादेखि आन्दोलन चलिरहँदा पनि सरकारले परिणाममुखी वार्ता गर्न चासो नदेखाएको बताउनु भएको छ ।
आज प्रहरीको गोली लागी उपचारका क्रममा मृत्यु भएका स्थानीय अकोलवा गाविस–५ बस्ने शेख मयुरुद्धिनको अन्त्येष्टिमा सहभागी हुन आइपुग्नुभएका यादवले सरकारलाई बुझाइएको ११ बुँदे माग नै मधेसी मोर्चाको बटमलाइन भएको बताउनु भयो ।
साथै, उहाँले सरकार र प्रतिपक्षी दलसँग छलफल गर्नका लागि मोर्चाले आजै तीन सदस्यीय कार्यदल बनाएर पुनः छलफल गर्न सुरु गरेको पनि बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline