नेपालले भारतसँगको परनिर्भरता त्याग्नुपर्छ : बिजुक्छे

नेपालले भारतसँगको परनिर्भरता त्याग्नुपर्छ : बिजुक्छे

  • मङ्लबार, पुस २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

भक्तपुर, २१ पुस । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपालले भारतसँगको परनिर्भरता त्याग्नुपर्ने बताउनु भएको छ ।

आफूले लेखेको पुस्तक ‘नेपाल भारत सम्बन्ध र भारत’ पुस्तकबारे आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले ‘‘जलविद्युत्, सौर्य ऊर्जा, वायु ऊर्जाको विकास एवम् विस्तार तथा देशमै रहेका इन्धन खानीको अन्वेषण एवम् उत्खनन् गर्न सकिएमा भारतसागको निर्भरता कम गर्न सकिनेछ’’ भन्नु भयो ।

कार्यक्रममा सहभागी प्राध्यापक एवम् बुद्धिजीवीले पुस्तकका बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा पुस्तकका बारेमा प्रनेश वाटी, राजन फाँजू, कमिनीका न्याइँच्याइँ, विष्णुप्रसाद किसी र लक्ष्मीप्रसाद कर्माचार्यले चर्चा गर्नु भएको थियो ।

नेपाल–भारत सम्बन्ध, भारत एक अध्ययन, विविध, आजको सन्दर्भ र भातरका केही सान्दर्भिक तथ्याङ्क गरी पुस्तक पाँच खण्डमा विभाजित यो पुस्तक दोस्रो संस्करण हो । यसअघि पहिलो संस्करण २०४२ सालमा प्रकाशन भएको थियो भने दोस्रो संस्करण हालै प्रकाशित भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ