नाकाबन्दी र आन्दोलनले धरानका होटल ब्यवसाय चौपट

नाकाबन्दी र आन्दोलनले धरानका होटल ब्यवसाय चौपट

  • मङ्लबार, पुस २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

 धरान सुनसरी पौष २१/ चार महिना अगाडि देखि भारतले गरेको नाकाबन्दी र मधेशी मोर्चाले लगातार गरेको आन्दोलनका कारण सबैभन्दा बढी धरानका होटल व्यवसायी मारमा परेको ब्यबसायीहरुले गुनासो गरेका छन ।

आज सम्पन्न होटल एसोसियन अफ धरानको १८ औ साधारण सभालाई सम्बोधन गर्दै होटल एसोसिएसन अफ धरानका सचिव श्याम पोख्रेले ग्यास लगायत होटलमा चाहिने अत्यावश्यक सामाग्री भारतदेखि आउन नसक्नु र आन्तरिक तथा वाह्य पर्यटकको चहलपहल नबढ्नाले ५० प्रतिशत भन्दा बढी होटल व्यवसायी व्यवसाय नै छोडेर विस्थापित हुन बाध्य भएको बताउनुभयो ।

सरकारले समेत यस्तो अवस्थामा ध्यान दिन नसक्दा आफूहरु बढी मारमा परेको उहा“ले बताउनुभएको छ ।

त्यस्तै सोही कार्यक्रमलाई सम्बोधन गर्नुहुदै होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य एवम् पर्यटक व्यवसायी महेन्द्र प्रधानले व्यवसायीहरुले विगतमा गरेको लगानी डुबेर ऋण तिर्न नसकी व्यवसाय छोडेर भाग्न बाध्य हुने अवस्था आइसकेको बताउनुभयो ।

उहाले सरकारले विगतका लिएका ऋणको व्याज मिनाहा गरी सहयोग गरेमा जसोतसो गरी व्यवसाय टिकाउन सजिलो हुने बताउनुभयो ।

कार्यक्रम प्रस्तुत गरिएको प्रतिवेदनमा धरानमा साना ठूला गरी ८ सय वटा होटल सञ्चालनमा रहेको र यी मध्ये एसोसिएसनमा १ सय ३० वटा दर्ता रहेको उल्लेख समेत गर्नु भयो ।यसैबीच धरान १५ रिक्रेसन प्रा.लि.म होटल एसोसियन अफ धरानको १८ औं साधारणसभा बाट पुनः सुवर्ण श्रेष्ठलाई नै सर्वसम्मत ढंगले चयन गरिएको छ ।साधारणसभाबाट बरिष्ठ उपाध्यक्षमा सरोज भट्टराई, उपाध्यक्षमा उमेश मास्के, सचिवमा सचिन्द्र राई र जनसम्पर्क अधिकारीमा मदन कार्की चयन हुनु भएको छ ।

यस्तै सदस्यहरुमा सुरेन्द्र प्रधान, बासुदेव बराल, कृष्णप्रसाद भट्टराई, रोजन रनपहेँली, भक्तराज राई, दिनेश भुजेल, ललित राई र नविन कुमार श्रेष्ठ रहनु भएको छ । १७ सदस्यीय कार्यसमितिमा महासचिव र कोषाध्यक्ष भने चयन हुन बाकी रहेको छ ।

धरान १५ रिक्रेसन प्रा.लि.मा भएको १८ औं साधारणसभा तथा ९ औ अधिवेशनको उद्घाटन अञ्चल प्रहरी कार्यालयका प्रमुख एसएसपी पवनप्रसाद खरेलले गर्नुभएको थियो ।

एसोसिएसनका अध्यक्ष सुवर्ण श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा महासचिव उमेश मास्केले महासचिवको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन भने सचिव श्याम पोख्रेलले गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ