२० पुस, काठमाडौं । जिल्ला अदालत काठमाडौंले दुगड गुप्रका कोटेश्वर गोदामका प्रमोद अधिकारी र अमन जैनलाई थुनामा राख्न आदेश दिएको छ । खाने तेल महंगो मूल्यमा बेचेर कालोबजारी गरेको आरोपमा पक्राउ परेका अधिकारी र जैनलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको हो ।
साथै अदालतले दुगड गु्रपका सञ्चालकहरुलाई पनि पक्राउ गर्न अदालतले आदेश दिएको महानगरीय प्रहरी प्रहरी परिसरका प्रमुख एसएसपी विक्रम सिंह थापाले जानकारी दिनुभयो ।
मंसिर २७ गते काठमाडौं प्रहरी परिसरको विषेश टोलीले खाने तलेमा कालोबजारी गरेको भन्दै कोटेश्वरस्थित गोदाममा छापा मारेर करिब ३ लाख लिटर खाने तल बरामद गरेको थियो । पुरानो स्टक तेलमा महंगो मूल्य राखेर वेचेको भन्दै प्रहरीले छापा मारेपछि सञ्चालकहरु फरार छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline