काठमाडौं, पुस २० ।
नेपाल आयल निगमले काठमाडौंमा पुस २२, २४ र २७ गते निजी कार र जिपलाई पेट्रोल दिने भएको छ ।
निगमले तीन दिन निजी कार र जिपलाई १५ लिटरका दरले पेट्रोल उपलब्ध गराउने तयारी गरेको हो । कुन कुन पेट्रोल पम्पबाट तेल दिइने भन्ने सूचना भोली निकालिने निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिनुभयो ।
२२ गते १ देखि ६ लटसम्मका, २४ गते ७ देखि १० लटसम्मका र २७ गते ११ लटभन्दा माथिका कार र जीपलाई पेट्रोल दिइने निगमले जनाएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline