अठार लाखको अवैध सामानसहित तीन पक्राउ

अठार लाखको अवैध सामानसहित तीन पक्राउ

  • सोमवार, पुस २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

 पर्सा, २० पुस ।

मधेस केन्द्रित दलको बन्द, हडताल र नाकाबन्दीले वैध व्यापारलाई अवरुद्ध गरेपछि सीमाक्षेत्रमा अवैध व्यfपार फस्टाउँदै गएको छ ।

आन्दोलनका कारण सीमाक्षेत्रमा सुरक्षा सतर्कता कम भएपछि भन्सार छली गरेका समान नेपाल भित्रिने क्रम बढेको हो ।

यसै क्रममा आज बिहान वीरगन्जबाट काठमाडाँैतर्फ लैजान लागेकोे करिब रु तीन लाख मूल्य बराबरको कपडासहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा वीरगन्जको छपकैयाबाट ना.३३०१ नम्बरको टाटा सुमोमा राखेर काठमाडाँै लैजान लागिएको कपडासहित कारोबारीलाई नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक ऐनबहादुर मल्लले जानकारी दिनुभयो ।

रक्सौलबाट वीरगन्ज भित्र्याइएको कुर्ता सुरुवाल, सटिङसुटिङको कपडा राखी लैजाने क्रममा प्रहरीले कारबाही गर्दा २०० पिस कुर्ता सुरुवाल र सटिङसुटिङ थान कपडासहित सुमो चालक काठमाडाँै ललितपुर थैवा निवासी नवीन कुवँर, छपकैया २ निवासी महम्द फिरोज र महम्द अनवरलाई नियन्त्रणमा लिएको निरीक्षक मल्लले बताउनुभयो ।

त्यसै वीरगन्जको विभिन्न स्थानबाट एक साताभित्र प्रहरीले रु १५ लाख मूल्य बराबरको केबुलवायर, कपडा, सुर्ती, जुत्ताचप्पल, खाद्यान्नलगायतका विभिन्न वस्तु बरामद गरेको वडा प्रहरी कार्यालय विर्ताले जनाएको छ ।

बरामद गरिएको समान र पक्राउ गरिएका व्यक्तिलाई बाहनसहित आवश्यक कारबाहीका लागि आजै राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउने तयारी भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी