विद्यमान समस्याको राजनीतिक रुपमा छिटो समाधान गरिने : मन्त्री चौधरी

विद्यमान समस्याको राजनीतिक रुपमा छिटो समाधान गरिने : मन्त्री चौधरी

  • सोमवार, पुस २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

पोखरा, २० पुस ।

स्वास्थ्यमन्त्री एवम् मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरीले देशको विद्यमान समस्याको राजनीतिक रुपमा छिटो समाधान गरिने बताउनुभएको छ ।

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), कास्कीद्वारा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले तराई मधेश आन्दोलनसम्बन्धी धेरै मागका सम्बन्धमा लगभग सहमतिमा पुगेको र सीमाङ्कनको विषयलाई राजनीतिक संयन्त्र निर्माण गरी छिट्टै टुङ्ग्याउने गरी छलफल जारी रहेको बताउनुभयो । उहाँले जारी समस्या चाँडै नै समाधान भई मुलुकले निकास पाउने विश्वास व्यक्त गर्नुभयो ।

स्वास्थ्य क्षेत्रमा विभिन्न समस्या रहेको उल्ल्ेख गर्दै उहाँले त्यसको समग्र सुधारका लागि आफू लागेको बताउनुभयो । पछिल्ला समयमा औषधि अभावको समस्यालाई समाधान गर्न सरकार लागिपरेको बताउँदै मन्त्री चौधरीले दु्रत रुपमा बोलपत्र गरी औषधिको आपूर्ति सहज बनाउन प्रयास गरिएको छ भन्नुभयो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयक पारित भएको बताउँदै उहाँले यसको विकासका लागि राजनीतिक प्रभावबाट टाढा राखेर अघि बढ्नुपर्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ