काठमाडौं, २० पौष ।
नवलपरासीमा जिल्ला शिक्षा कार्यालयले नवलपुर क्षेत्रमा करिब १ सय २० विद्यालयसँग भौतिक संरचना निर्माण गर्न करिब १६ करोड बराबरको सम्झौता गरेको छ ।
विद्यालयमा भौतिक निर्माणअन्तर्गत, दुईकोठे, तीनकोठे, चारकोठे, छकोठे र आठकोठे भवन, शौचालय, खानेपानी पूर्वधार निर्माण र मर्मत सम्भारलगायतको काम गर्न विद्यालयसँग सो सम्झौता गरेको हो ।
जिल्लाभर करिब ४५० विद्यालयलाई यो कार्यक्रमअन्तर्गत बजेट वितरण गर्ने योजना रहेको जिल्ला शिक्षा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारी गोपालप्रसाद कँडेलले बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline