आजबाट फेरि लोडसेडिङ बढ्यो (तालिका सहित)

आजबाट फेरि लोडसेडिङ बढ्यो (तालिका सहित)

  • सोमवार, पुस २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौ २० पौष ।  

विद्युत प्रणालीमा अत्याधिक भार बढेको भन्दै नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समय अवाधि बढाएको छ । आजबाट लागु हुनेगरी दैनिक १२ घण्टा विद्युत कटौती हुने प्राधिकरणले जनाएको छ ।

मागको तुलनामा आपूर्ति हुन नसकेको र प्रसारण तथा वितरण प्रणाली जोगाउन भन्दै प्राधिकरणले लोडसेडिङ बढाएको हो । यसअघि दैनिक ११ घण्टासम्म विद्युत कटौती हुदै आएको थियो ।

नदीमा पानीको बहाब घट्दै गइरहेका बेला खाना पकाउने प्रमुख विकल्पका रुपमा जिुली उपयोग हुन थालेपछि भार थेग्न नसकी लोडसेडिङ बढाउनु परेको प्रमधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले बताउनु भयो ।

उपत्यकामा हाल विद्युत को माग दैनिक चार सय ५० मेगावाट देखिएपनि त्यो भन्दा बढी छ । हिउँद अगावै भारतबाट थप ९०मेगावाट बिजुली आयात गर्ने योजना रहेकोमा मधेशी मोर्चाको आन्दोलनका कारण सफल नभएपछि विद्युत आपूर्ति सहज हुन नसकेको प्राधिकरणले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ