फेरी बढ्यो लोड सेडिङ , अब १३ घण्टा बिजुली नआउने

फेरी बढ्यो लोड सेडिङ , अब १३ घण्टा बिजुली नआउने

  • आइतवार, पुस १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

काठमाडौँ, १९ पुस । नदीमा जलप्रवाह घटेको र विद्युत्मा निर्भरता बढ्दै गएको भन्दै नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्राधिकरणले विद्युत्भार कटौतीको समय बढाएको छ ।

प्राधिकरणका अनुसार सोमबारबाट लागू हुनेगरी नयाँ तालिका सार्वजनिक गरेको छ । पछिल्लो तालिकाअनुसार सोमबारबाट दैनिक १२ घन्टा विद्युत् कटौती हुनेछ । यसअघि दैनिक ११ घन्टा विद्युत्भार कटौती हुँदै आएको थियो ।

प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख भुवनकुमार खत्रीले नदीमा जलप्रवाह घट्दा विद्युत् उत्पादनमा कमी आएको र विद्युत्को माग अत्यधिक बढेका कारण विद्युत्भार कटौतीको समय बढ्न गएको हो ।

talika

उहाँले हाल मुलुकभर एक हजार २७५ मेगावाट विद्युत्को माग रहेकामा सञ्चालनमा रहेका आयोजनाबाट ३१० मेगावाट मात्रै विद्युत् उत्पादन भएको छ । भारतबाट २३५ मेगावाट विद्युत् आयात भइरहेको छ । केन्द्रीय प्रणालीमा ७२० मेगावाट विद्युत् अपुग हुँदै आएको छ ।

मुलुकभर सञ्चालनमा रहेका अधिकांश आयोजना नदी प्रवाहमा आधारित छन् । प्राधिकरणको जलाशयुक्त आयोजनाका रुपमा रहेको कुलेखानी प्रथम ६० मेगावाट र ३२ मेगावाटको कुलेखानी दोस्रो भने सञ्चालनमा ल्याएको छैन ।

हाल मुलुकभर ४८ आयोजना सञ्चालनमा रहेका छन् । तीमध्ये गत वैशाखको गोरखा भूकम्पका कारण माथिल्लो भोटेकोसी अवरुद्ध भएको छ । सो आयोजनाबाट ४५ मेगावाट विद्युत् उत्पादन हुन्थ्यो । निजी प्रर्वद्धकले उत्पादन गर्दै आएको १०६ मेगावाट विद्युत् भूकम्पका कारण राष्ट्रिय प्रसारण लाइनबाट कटेको छ ।

 

पछिल्लो दिनमा खाना पकाउने ग्यासको अभावका अधिकांश उपभोक्ता विद्युत्मा भर परेका छन् । विद्युत् कटौतीको समय बढेपछि उपभोक्ता थप मारमा पर्ने भएका हुन् ।

ट्रान्सफर्मर र कन्डक्टर जलेर समस्यामा पर्दै आएका उपभोक्तालाई प्राधिकरणको पछिल्लो तालिकाले थप पीडा दिने र समस्यामा पार्नेछ । प्राधिकरणले जलेका सामग्री मर्मतमा ध्यान नदिएको गुनासो बढिरहेका बेला थप विद्युत् कटौतीको तालिका भने अर्को अप्रिय बन्ने देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी