काठमाडौ १९ पौष ।
सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सरकार र मधेशी मोर्चाबीच हुने अबको वार्ता निर्णायक हुने बताउनु भएको छ ।
आज बिहान बिराटनगरमा पत्रकारहरु कुरा गर्नुहुदै उहाँले पछिल्ला समय सरकार र मोर्चा दुवै पक्ष लचक रहेकाले अब हुने वार्ता निर्णायक हुने बताउनुभएको हो ।
सरकार मोर्चासँगको वार्तालाई सार्थक बनाउन लचकताका साथ लागिपरेको बताउनु हुदै उहाँले यदि मोर्चाले बेवास्ता गरेमा उनीहरुले वार्ता र समस्याको निकास नभइ अरु नै कुरा खोजीरहेको भन्ने बुझिने बताउनु भयो ।
मन्त्री राईले सरकारले एक दुई दिन भित्र निर्णायक वार्ताको मिति तय गरेर सहमति खोज्ने बताउनुभयो । अब हुने वार्ताले देशलाई निकास दिनेमा सबै आशावादी रहेकोले वार्ताको माध्यामवाट नै समाधान खोजिने उहाँको भनाई छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline