रात्री बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १६ घाइते

रात्री बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १६ घाइते

  • आइतवार, पुस १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौ १९ पौष ।  

पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको देवदहमा गएराति भएको रात्री बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाईते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ ।

नारायणघाटबाट नेपालगन्जका लागि छुटेको ना ४ ख ६८४१ नम्बरको बस रुपन्देहीको देवदेह नगरपालिका १० घोडाहा जंगलमा अनियन्त्रित भएर दुर्घगटना हुँदा ५ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा बर्दिया तारातालका २२ वर्षिय कुशल शर्मा, कञ्चनपुर भिमदत्त नगरपालिका ५ का ३५ वर्षिय प्रकाश शाही, रुपन्देही देवदेहकी ३५ वर्षिया शान्ति दर्जी र बाराका ३२ वर्षिय चुरक शाह रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको जनाएको छ ।

अन्य दुई जनाको सनाखत हुन बाँकी छ । दुर्घटनामा गम्भीर घाइते भएका ४ जनाको थप उपचारका लागि भरतपुर रेफर गरिएको छ भने अन्य १२ जना लुम्बिनी अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ