काठमाडौँ, १८ पुस ।
यो साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा १५.९१ अङ्कले बढेर अन्तिम दिन एक हजार १५१.३८ अङ्कमा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार यस साता स्टक एक्सचेन्जमा १५३ कम्पनीका १६ हजार १२५ कारोबारबाट रु एक अर्ब ८३ करोड ६३ लाख ५७ हजार बराबरका ३९ लाख नौ हजार ३७० कित्ता सेयर खरिद बिक्री भएका छन् ।
कारोबार रकम गत साताको भन्दा १७.८३ प्रतिशत कम हो । गत साता १५८ कम्पनी २१ हजार ७८७ कारोबारबाट रु दुई अर्ब २३ करोड ७० लाख ९१ हजार बराबरका ३४ लाख ७४ हजार ७१० कित्ता सेयर खरिद बिक्री भएका थिए ।
गत साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १८.०८ अङ्कले बढेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline